सल्ले विमानस्थलमा तीन महिनापछि उडान शुरु
मुसिकोट– रुकुम पश्चिमको सल्ले विमानस्थलबाट आजदेखि पुनः हवाई उडान सेवा शुरु भएको छ ।
तीन महिनादेखि रोकिएको उडानसेवा आजदेखि काठमाडौं– रुकुम –नेपालगञ्ज उडान गरेर नियमित भएको हो । अबदेखि जहाजले काठमाडौं र नेपालगञ्ज पहिलेकै तालिका अनुसार हप्तामा एक/एक दिन उडान गर्ने सल्ले निगमका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिए ।
उनका अनुसार नेपाल वायुसेवा निगमको जहाजले आइतबार काठमाडौं –रुकुम– नेपाजगञ्ज र सोमबार नेपालगञ्ज – रुकुम –काठमाडौँ उडान गर्ने भएको छ । यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपूग र मर्मत गर्नुपर्ने भएकोले नियमित सेवा अवरुद्ध भएको थियो ।
दशैं तिहार नजिकिंँदै गर्दा हवाईसेवा पनि नियमित भएपछि रुकुम पश्चिम तथा पूर्वका यात्रु खुशी भएका छन् । रुकुमको सल्लेबाट उडान शुरु भए पनि जिल्लाको अर्को विमानस्थल चौरजहारीमा भने अझै उडान शुरु भएको छैन । चौरजहारी विमानस्थल करीब १६ महिनादेखि हवाईसेवा बन्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण