कर्णाली प्रदेशसभाको बैठक स्थगित
सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको ३८औँ बैठक स्थगित भएको छ ।
बैठक सञ्चालन भएको तीन मिनेटमै प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सरकारले अहिलेसम्म बजेटको रातो किताब, हालसम्म भएका गतिविधि सार्वजनिक नगरेको भन्दै बैठकमा विरोध जनाए । सभा सदस्य श्रेष्ठले अहिलेसम्म संसद्लाई बन्धक बनाइएको आरोप लगाए ।
‘लामो समय भयो । सरकारले रातो किताब उपलब्ध गराएको छैन्’, उनले भने, ‘अतिआवश्यक विधेयकसमेत सरकारले नलल्याउँदा हामी सबै संसद् कामविहीन भएका छौँ ।’
बजेट सञ्चालन कसरी भइरहेको छ भन्ने थाह नहुँदा जनप्रतिनिधिका हिसाबले जनतालाई जानकारी गराउनसमेत समस्या भएको उनको गुनासो थियो ।
सरकारको कामप्रति जनताको असन्तुष्टि रहेको भन्दै उनले अहिलेसम्म भए गरेका गतिविधिका बारेमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म संसद् अवरुद्ध हुने चेतावनी दिए । डिजिटल प्रदेश भनिए पनि सबै जनता यसको पहुँचमा आउन नसकेको उनको टिप्पणी थियो ।
विधेयक प्रस्तुत हुन सकेन
आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदले बैठक अवरुद्ध गरेपछि ‘गाउँसभा तथा नगरसभा सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सभामा प्रस्तुत हुन सकेन ।
उक्त विधेयक छलफलका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीकोतर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
अवरुद्ध बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण