रुकुममा २४ वडा कार्यालय सचिवविहिन, कामकाज प्रभावित
बुधबार, २४ असोज २०७५, १५ : ००
रुकुम पूर्व– रुकुम पूर्वका तीन गाउँपालिकाका अधिकांश वडामा सचिव नहुँदा दैनिक कामकाज गर्न गाह्रो भएको छ । गाउँपालिकाका ३१ वटा वडामध्ये सात वडामा मात्र वडासचिव छन् ।
कतिपय वडामा भने प्रशासन सहायक र कार्यालय सहयोगीले वडा सचिवको काम गरिरहेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन् ।
भूमे गाउँपालिकामा नौ वडामध्ये तीन मात्र वडासचिव छन् भने अन्य वडामा प्रशासन सहायकले काम गरिरहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दीए ।
पुथा उत्तरगङ्गा गाउँपालिकामा १४ वडामध्ये १४ वडाका सचिवले १० र ११ नं वडामा काम गरिरहेका छन् । अन्य वडामा भने स्वास्थ्यचौकी इञ्चार्जले काम चलाइरहेका छन् । वडा सचिव नहुँदा सेवाग्राही दुई÷तीन हिँडेर पनि काम नभई फर्कनुपर्ने स्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण