से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको राजश्व १ करोड ५३ लाख ७३ हजार
शनिबार, ०७ साउन २०७४, ११ : २६
दुनै(डोल्पा) – से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले आव ०७३÷७४ मा विभिन्न शीर्षकमा १ करोड ५३ लाख ७३ हजार राजश्व संकलन गरेको रेन्जर चेत बहादुर वलीले जानकारी दिएका छन् ।
निकुञ्जले यार्सागुम्बा प्रवेश शुल्क वितरणबाट १ करोड २ लाख ५२ हजार,छोडपुर्जी वितरणबाट १४ लाख ८० हजार,संकलन ईजाजतबाट ८ लाख १ हजार,अन्य जडीबुटी संकलन तथा छोडपुर्जीबाट २३ लाख २१ हजार,ढुङ्गा र काठ पुर्जी वितरणबाट २ लाख ६० हजार र प्रशासनिक शुल्क वितरणबाट २ लाख ४९ हजार राजश्व संकलन भएको रेन्जर वलीले बताए ।
गत आव ०७२÷७३ मा विभिन्न शिर्षक गरेर १ करोड २९ लाख ३६ हजार राजश्व संकलन गरिएको निकुञ्जले जनाएको छ ।
गत आवको तुलनामा यस आवमा झन्डै २३ लाखको हाराहारीमा धेरै राजश्व संकलन भएको निकुञ्जको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण