दशैँ मनाउन घर फर्कने चटारो : १५ लाख मानिसले छाडे उपत्यका (फोटोफिचर)
बिहीबार, २५ असोज २०७५, ११ : ५५
काठमाडौं– रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा शहर बसेका मानिसहरु दशै मनाउन धमाधम आफ्नो घर फर्कन थालेका छन् ।
काठमाडौ उपत्यकाबाट पनि दशै मनाउन घर जानेहरुको संख्या दिनहुँ बढ्दै गएको छ ।
दशैं नजिकिँदै गएपछि काठमाडौंका नाकाहरु नागढुंगा, फर्पिङ, जगाती, मुड्खुको लगायतका नाकमा व्यस्तता बढेको छ ।
ट्राफिक महाशाखाको तथ्यांकअनुसार असोज २४ गते बेलुकासम्म १५ लाख ४५ हजार ४ सय २३ जना दशै मनाउन उपत्यका छाडिसकेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो वर्षको दशैंमा काठमाडौंबाट २६ लाख मानिस बाहिरिने अनुमान गरेको छ ।
ट्राफिक महाशाखाका प्रवक्ता राजकुमार लम्सालका अनुसार यस पटकको दशैंमा करिब २६ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनका अनुसार गत वर्ष दसैंमा २४ लाख ८७ हजार नेपाली काठमाडौंबाट बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण