सुर्खेतमा प्रहरीद्वारा ‘विशेष सुरक्षा योजना’ सञ्चालन
जुम्ला– जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको छ ।
नेपालीको महान् पर्व विजयादशमी तथा तिहारलाई लक्षित गरी प्रहरीले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलगायत यहाँका सबै जिल्लाका बस्ती तथा टोलमा आपराधिक घटना नघटुन् भन्ने उद्देश्यले यो योजना सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
‘विशेष सुरक्षा योजना’अन्तर्गत हामीले नेपालगञ्जलगायत बाहिरी जिल्लाबाट सुर्खेत भित्रिने हरेक सवारीसाधनलाई कडा जाँच गरेका छौँ’, प्रवक्ता चौधरीले भने, ‘यसमा तालीम प्राप्त कुकुरले सुँघेर गरिने अवैध मालसमान जाँच निकै प्रभावकारी बनेको छ ।’
प्रहरीले काठमाडौँ, नेपालगञ्जबाट प्रवेश गर्ने प्रवेशद्वार सुर्खेतको सुब्बाकुनामा जाँच प्रक्रियालाई तीव्र बनाएको छ भने जिल्लाभित्रसमेत मदिरा तथा जुवातास नियन्त्रण, गाँजा फँडानी, घरेलु मदिरा बरामद तथा नष्ट गर्दै आएको छ । त्यसको साथै प्रहरीले अहिलेसम्म सरकारी तथा सामुदायिक विद्यालय, बस्ती, समुदाय, टोलटोलमा सचेतनामूलक कार्यक्रम गर्दै आएको प्रवक्ता चौधरीले बताए ।
‘चाडबाडसम्बन्धी सुरक्षा व्यवस्थालाई मजबुत बनाएका छौँ’, उनले भने, ‘सवारी दुर्घटना न्यूनीकरण गर्न, घरेलु हिंसा, लागुऔषध, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण, मानव बेचबिखन, बाल तथा महिला हिंसा र साइबर अपराधसम्बन्धी जनचेतनामूलक तथा अन्तक्र्रिया कार्यक्रमलाई पनि अभियानमा रुपमा अघि बढाइएको छ ।’
यसका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाका २६ वटै प्रहरी एकाइलाई आआफ्नो वडा एरियामा नागरिकका लागि शान्ति सुरक्षा महसुस गर्ने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण