करण र साराको ‘ए कान्छी’ सार्वजनिक (भिडियोसहित)
आइतबार, २८ असोज २०७५, १७ : ५५
काठमाडौं – गायक अशोक सिवाको स्वर रहेको गीत ‘ए कान्छी’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेत्री सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदिप रावल, गोकुल पोखरेल, बिकास लामा लगायतको अभिनय रहेको छ ।
ट्राभल स्टोरी समेटिएको भिडियो प्रदिप कुमार चौधरीको निर्देशन रहेको छ । नाटक निर्देशन, अभिनय तथा लेखनमा सक्रिय चौधरीको भिडियो निर्देशनमा यो डेब्यु हो ।
गीतमा अशोक सिवा र विशाल खतिवडाको शब्द रहेको गीतको भिडियोमा अभिनेत्री सारा ग्ल्यामरस अवतारमा देखिएकी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण