१० तस्बिरमा हेर्नुहोस् उपत्यकामा उल्लेख्य सवारीसाधन नचल्दाको सास्ती
काठमाडौं– राजधानीमा विभिन्न पेसा व्यवसाय गरेर बस्दै आएकाहरु दशैं मान्न गाउँतर्फ लाग्दा काठमाडौंको भीडभाड पातलिँन थालेका छन् ।
सर्वसाधारणको चहलपहल कम देखिन्छ भने यातायातका साधन पनि उल्लेख्य संख्यामा चलेका छैनन् ।
अझ सार्वजनिक यातायातका साधन न्यून संख्यामा चल्दा राधानीको एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्नेहरुले सास्ती बेहोर्नु परेको छ ।
यातायात व्यवस्था विभागले घटस्थापनादेखि ‘रुट परमिट’ खारेज गरेपछि उपत्यकामा सवारीको सङ्ख्या कम भएको यात्रुको गुनासो छ ।
उपत्यकाका विभिन्न स्थानमा जान सवारी पाइँदैन । पाए पनि चढ्न सकिँदैन । चढेका सवारीले पनि मन लागे जति भाडा असुलिरहेका छन् ।
विभागले असोज ७ गते समायोजन गरेको सार्वजनिक यातायातको भाडा सूचीअनुसार चार किमीसम्मको भाडा रु १४ हो । सवारीका परिचालकले भने न्यूनतम भाडा रु २० भइसक्यो भन्दै छ रुपैयाँ ठगी गरेको यात्रुहरुको गुनासो छ ।
विभाग र प्रहरी उपत्यकाबाहिर जाने सवारीको अनुगमनमा व्यस्त भएको मौका छोपेर राजधानीमै मनपरी भाडा लिइएको हो ।
रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठले राजधानीका विभिन्न स्थानमा पुगेर सार्वजनिक सवारीको साधन प्रयोग गर्ने यात्रुको दुःखलाई तस्बिरमा उतारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण