संघीयताको लाभ जनतालाई हस्तान्तरण गर्नुपर्छः मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपालीहरुको महान् चाड विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीव्र आर्थिक तथा भौतिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री शाहीले कर्णालीमा रहेका प्रचुर प्राकृतिक स्रोत–साधनको सदुपयोग गर्दै जनता र नेतृत्वको तीव्र इच्छाशक्ति एवम् कडा मेहनतबाट छोटो अवधिमै समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।
‘सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानून संरचना र योजना निर्माणमा सरकार लागिपरेको छ’, उनले भने, ‘यसका लागि हाम्रा मौलिक परम्परा कला–संस्कृति चाडपर्वले एकताबद्ध भएर प्रदेश निर्माणमा अघि बढ्न प्रेरणा मिल्नेछ ।’
मुख्यमन्त्री शाहीले केन्द्रीकृत शासन प्रणालीको विकल्पमा जनअपेक्षाबमोजिम लागू भएको सङ्घीय शासन प्रर्णालीलाई सफल पार्नसमेत सबैमा आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण