कर्णालीमा सिमकोट गाउँपालिकाको मोबाइल एप्स
हुम्ला । सिमकोट गाउँपालिकाले पहिलो पटक मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ ।
सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक सेवासुविधालाई अझ सरल, सुलभ र सर्वसाधारणका लागि सजिलै सूचना प्रवाह गर्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायब सुब्बा ममता महतले बताए ।
अब सर्वसाधारणले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवालगायत गाउँपालिकाका गतिविधि सजिलै मोबाइलमार्फत हेर्न सकिने व्यवस्था भएको नासु महतले बताए ।
साविक कर्णालीका अन्य चार जिल्ला जुम्ला, मुगु, डोल्पा र कालीकोटलाई स्वीकृति नदिइएको र हुम्लाको सिमकोट गाउँपालिकालाई पहिलो पटक मोबाइल एप्स स्वीकृति दिइएको गाउँपालिका उपाध्यक्ष वली रावतले जानकारी दिए।
आफ्नो मोबाइलमा रहेको प्ले स्टोरमा गई सिमकोट रुरल म्युनिसिप्यालिटी टाइप गरी डाउनलोड गरेर सिमकोट गाउँपालिकाको हरेक सूचना गतिविधि मोबाइलमार्फत नै जानकारी लिन सकिने महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण