सल्यानमा वर्ल्डलिंकको टावरमा तोडफोड र चोरी
शंकर के सी,
सल्यान । वर्ल्डलिंक कम्युनिकेशनद्वारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोटस्थित टावरमा तोडफोड भएको छ ।
गतराती वर्ल्डलिंकको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारीमा रहेको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरि गरेको वल्र्ड लिंकका सल्यान प्रतिनिधी शनत कुमार शर्माले जानकारी दिएका छन् ।
तोडफोड र चोरीका कारण अहिले सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोट लगायतका जील्लामा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
चाड मान्न सुरक्षा गार्ड घर गएको मौका छोपी अज्ञात समूहले टावर भत्र छिर्ने ढोका फोडेर रेडियो उपकरणहरु झिकेर लगेको शर्माले जानकारि दिए ।
घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।
के कति सामान चोरी र क्षति भयो भन्ने जानकारी लिन तथा इन्टरनेट सेवा सुचारु गर्नका लागि पहल थाल्न वर्ल्डलिंकको प्राविधिक टोली कपुरकोट आउन लागेको सल्यान प्रतिनिधी शर्माले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण