बिजुली बसमा प्रधानमन्त्री सरर (फोटो)
ललितपुर । साझा यातायात प्रा. लि. ले राजधानीमा विद्युतीय बस सेवा शुरु गरेको छ ।
ललितपुरको पुलचोकस्थित साझाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सो बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।
चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको ५ वटा विद्युतीय बस ल्याउने केही समयअघि नै घोषणा गरेको थियो ।
ती मध्ये दुईवटा बस काठमाडौँ आइसकेको छ ।
एडिबीले विद्युतीय बस खरिदमा सहयोग गरेको हो । यी बसहरु साझाको व्यवस्थापनमा रहनेछ ।
बसमा चालकसहित २० जना यात्रु रहेका छन् भने यो अपाङ्ग मैत्रीसमेत रहेको छ ।
प्रधानमन्त्री ओलीले विद्युतीय बस सेवाको उद्घाटन गर्दै विद्युतीय बसमा सिंहदरवारसम्म यात्रा गरेका थिए ।
कार्यक्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, काठमाडौँका मेयर विद्यासुन्दर शाक्य तथा ललितपुरका मेयर चिरीबाबु महर्जनको पनि उपस्थिति रहेको थियो ।
हेरौँ केही तस्विरः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण