शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

आमाले रगत दिँदा छोरीको ज्यान बच्यो

मङ्गलबार, ०६ कात्तिक २०७५, २० : ५४
मङ्गलबार, ०६ कात्तिक २०७५

हुम्ला । आफ्नी छोरीलाई आमाले रगत दिएर जीवन बचाएको छ । 

सिमकोट गाउँपालिका बुराउसे–४ का ४२ वर्षीया सर्जङ्गमु लामाले आफ्नी १६ वर्षीया छोरी सोनाम लामु लामालाई आज जिल्ला अस्पतालमा रगत दिएर जीवन बचाएको अस्पतालका अनमी सरिता बोहराले बताइन् । 

सोह्र वर्षीया लामाको शरीरमा चाहिनेभन्दा रगत कम भएको हुनाले एक पिन्ट अर्थात् ३५० मिलिलिटर रगत दिएको बोहराले बताइन् । 

महिलाको शरीरमा कम्तीमा पनि रगतको अनुपात १४ देखि १८ हुनुपर्ने जिल्ला अस्पताल हुम्लाका अनमी बोहराको भनाइ छ । शरीरका लागि चाहिने अनुपातभन्दा कम रगत देखिएमा महिलाको ज्यान जाने खतरा हुने बोहराले जानकारी दिइन् । सोह्र वर्षीय लामाको शरीरमा रगतको अनुपात छ मात्र रहेको ल्याब टेक्निसियन सुनिता तामाङले बताइन् । 

महिला खोप लगाउनसमेत डराउने गर्दछन् तर ४२ वर्षीया सर्जङ्गमुले भने आफ्नी छोरी बचाउनका लागि जिल्ला अस्पतालमा पुगेर रगत दिइ छोरीको ज्यान बचाएको जिल्ला अस्पतालका ल्याब टेक्निसियन तामाङको भनाई छ । 

आमा छोरीको रगतको ग्रुप ए पोजेटिभ भएको हुनाले अझै सहज भएको थियो । अहिले आमा र छोरीको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप