‘कहीँ नभएको जात्रा हाँडीगाउँमा, २० तस्बिरमा हेर्नुहोस्
काठमाडौँ – नेपाली चर्चित उखानै छ–कहीँ नभएको जात्रा हाँडीगाउँमा !
साँच्चै हाँडीगाउँको जात्रा कस्तो होला ? धेरैलाई थाहा नहुन सक्छ ।
प्रत्येक वर्ष दशैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा यो जात्रा मनाउने गरिन्छ । यो जात्राको आफ्नै विशिष्ट पहिचान र छुट्टै मौलिकता छ ।
यो जात्रामा जात्रा चलाउन बनाइएको रथको बनावट पनि अन्य भन्दा फरक हुन्छ । हाँडीगाउँको जात्रामा अन्य जात्राभन्दा ठीक उल्टो गरी तल गजुर र माथि देवताको मूर्ति राखिन्छ । अन्य देवी देवताको रथ तथा मन्दिर निर्माण गर्दा तल्लो भागमा ठूलो त्यसपछि सानो गर्दै निर्माण गरिन्छ र सर्वोच्च भागमा गजुर राखिन्छ ।
किम्वदन्ती अनुसार लिच्छवीकालबाट यो जात्रा चलेको जनविश्वास रहि आएको छ । जात्रामा सम्मिलित हुने महेश्वरको मुर्तिमा अंकित सम्वत् ८ सय ४९ ले यसलाई पुष्टि गरेको छ ।
यो जात्रामा ब्रम्ह, विष्णु र महेश्वरको पूजा गरिन्छ ।
याे जात्रा हेर्नाले तथा त्रिदेवको एक पटक दर्शन गर्नाले घरमा महालक्ष्मीको बास हुनका साथै मनोकामना सिद्ध हुने जनविश्वास रहि आएको छ ।
त्रिदेवको मूर्ति विश्वकर्माले बनाएको भन्ने किम्बदन्ती छ ।
जात्राका तस्बिरहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण