कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप
कालीकोट - आगामी माघमा हुने आठौँ राष्ट्रपति खेलकूद प्रतियोगिातका लागि खेलाडी छनोट गर्न कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ मा प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता शुरु भएको छ ।
‘राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद’ भन्ने नाराका साथ वडाध्यक्ष नरेशबहादुर बमको अगुवाईमा गोल्डकपको आयोजना गरिएको हो । यो कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता हुन पुगेको छ ।
भलिबल खेललाई प्राथमिकता दिइएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाहीले गरे ।
प्रतियोगितामा कालिकोटका नौ स्थानीय तहका नौ समूहले प्रतिस्पर्धा गर्नेछन् । खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिका बीचको पहिलो खेलमा खाँडाचक्रले जितेको छ ।
प्रतियोगितामा प्रथमलाई ५० हजार नगद र पदक, द्वितीयलाई ३० हजार नगद र पदक, तृतीयलाई २० हजार नगद र पदक पुरस्कार दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण