भिरमा लड्दै गरेको घोरलको भानुचन्द्रले यसरी गरे उद्दार
-रामचन्द्र न्यौपाने
दुनै, डोल्पा - यहाँका एक ब्यक्तिले संरक्षित बन्यजन्तु घोरलको जिवितै उद्दार गरेका छन् ।
शेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तरगत त्रिपुरा सुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रातो भिरबाट संरक्षित बन्यजन्तु घोरलको जिवितै उद्दार गरिएको हो ।
त्रिपुरा सुन्दरी नगरपालिका स्थित वडा नं १ बस्ने भानुचन्द्र उपाध्यायले एक्लै उद्दार गरेका हुन् । ।
उपाध्यायका अनुसार
-बेलुकी पख म सदरमुकाम दुनैबाट फर्किदै थिएँ ।
-दुईवटा लामपुच्छ्रे नामका बन्यजन्तुले लखेटेर भिरमा हालेपछि घोरलको पाठो लड्दै ठुलीभेरी नदीको छेउमै परेको मैले प्रतक्ष्य देखेँ ।
-मैले पानीको तलाउबाट त्यसलाई निकाले । घोरल अचेत अवस्थामा थियो ।
-उसको नाकबाट रगत बगेको थियो मैले त्सयसलाई सामान्य उपचार गरिसकेपछि ठिक भयो ।
-घोरल अहिले एकदमै चलाख छ, यसलाई निकुञ्जमा गएर बुझाउँछु ।
-उक्त घोरलको बच्चा ६ महिना जतिको हुन सक्ने बताईएको छ ।
शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा, नावर,घोरल, डाँफे, हिमालीभालु जस्ता दुर्लभ वन्यजन्तुहरु पाईन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण