काभ्रे जीप दुर्घटना अपडेटः २ को मृत्यु, डीआईजी भण्डारी घाइते
शनिबार, १० कात्तिक २०७५, १६ : २६
काठमाडौं । काभ्रेमा ६ जना सवार निजी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन् ।
काभ्रेको मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा डीआईजी सुशील भण्डारी चढेको बा३च २८७ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद ढकालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते ४ जनालार्इ एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
यसअघि समाचारमा बहालवाला डीआईजी हुनुपर्नेमा अन्यथा हुन पुगेकोमा सच्च्याइएको छ । (सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण