चन्द्रगिरीमा विश्वकपको ट्रफी, हेरौँ १२ तस्विर
आइतबार, ११ कात्तिक २०७५, १३ : ४८
काठमाडौँ । इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज चन्द्रागिरि लगेर प्रदर्शनीमा राखिएको छ ।
संयुक्त अरब इमिरेट्स (युएइ)बाट विश्वकप ट्रफी नेपाल ल्याइएको हो । सोमबारसम्म नेपालमा राखिने उक्त ट्रफी नेपाल ल्याइएको दिन साँझ स्वयम्भूमा लगेर सार्वजनिक गरिएको छ ।
स्वयम्भूमा गरिएको प्रदर्शनीमा क्रिकेटका समर्थकको बाक्लो उपस्थिति थियो ।
शनिबार बिहान ट्रफी पोखरा क्रिकेट रङ्गशाला लगिएको थियो ।
आजै वसन्तपुर दरबार क्षेत्रमा राखी क्रिकेट समर्थक र सर्वसाधारणलाई ट्रफीसँग तस्बीर खिच्न दिइनेछ ।
नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा सो ट्रफी यहाँ ल्याइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण