सरकारले जनचाहनाअनुसार काम गर्नुपर्छ : नेता कँडेल
रुकुम पश्चिम– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सरकारले जनचाहनाअनुसार काम गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन रुकुम पश्चिमले आज सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कँडेलले वर्तमान सरकार जनताको चाहनाअनुसार अगाडि बढ्न नसकेको आरोप लगाए । दुई तिहाइको सरकार भएकाले वर्तमान सरकारबाट देशवासीले ठूलो अपेक्षा गरेकाले सरकारले उक्त अपेक्षा पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
‘दुई तिहाइको सरकार बनेपछि अब केही हुन्छ कि भन्ने हामीलाई पनि लागेको थियो, सरकारको हालसम्मको काम हेर्दा अब केही हुन्छ भन्ने आश मरेको छ,’ उनले भने । निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता नलाग्नुले पनि सरकार शान्ति सुरक्षा कायम गर्न र पीडितलाई न्याय दिनका लागि असक्षम रहेको नेता कँडेलको आरोप थियो ।
‘एक/दुई प्रहरी अधिकारीलाई बर्खास्त गर्दैमा सरकारको दायित्व पूरा हुँदैन,’ उनले स्पस्ट पारे । काङ्ग्रेसले प्रतिपक्षमा रहेर सरकारको आलोचना मात्र नगरी सरकार सञ्चालन गर्न सहयोग गरिरहेको कँडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण