'मदिरा नियन्त्रण गर्ने' दलहरूको सामूहिक प्रतिबद्धता
दुल्लु - दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका राजनीतिक दलहरूले गाउँमा मदिरा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मदिरा सेवन र बेचविखन तथा जुवातास नियन्त्रण गर्ने सामूहिक प्रतिबद्धता गरिएको हो ।
नगरपालिकाकाले गत असार ३१ गते नगरसभाबाट मदिरा नियन्त्रण कार्यविधि पास गरी मातहतका सबै वडामा मदिरा नियन्त्रणसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेको थियो ।
गाउँगाउँमा भेला र बैठकको माध्यमबाट मदिरा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै नगरलाई मदिरा र जुवातास नियन्त्रण क्षेत्र बनाउनेतर्फ अघि बढ्ने नगर प्रमुख शाहीले बताए ।
तत्काल नगरपालिकाका सबै वडामा मदिरा र जुवातास नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने उनको भनाइ छ । “अभियानलाई शुरुमै निषेधित रूपमा नभई नियन्त्रित अभियानका रूपमा अघि बढाउनेछौँ”, नगर प्रमुख शाहीले भने, “अभियानलाई शुरुमा नै निषेधित रूपमा अघि बढाउँदा सफलता पाउन नसकिने देखिएकाले नियन्त्रित अभियानका रूपमा घोषणा गरेर बिस्तारै निषेधित क्षेत्रका रूपमा अघि बढाउनेछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण