आगलागी पीडितले पाए ३ लाख राहत
बुधबार, १४ कात्तिक २०७५, १२ : ५९
जुम्ला– चन्दननाथ नगरपालिका–२ का आगलागी पीडित कर्णबहादुर कुमाईंलाई राहत रकम हस्तान्तरण गरिएको छ । नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले उनलाई राहत रकमस्वरुप मङ्गलबार रु तीन लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।
गत साउन ९ गते राति कुमाईंको घरमा आगलागी हुँदा उनका तीन वर्षीया छोरीको मुत्यु भएको थियो । जिल्ला प्रशासनको राहत उद्धार कोषबाट मृतकको परिवारलाई गत साउन १० गते रु एक लाख १५ हजार राहत प्रदान गरेको थियो ।
घरभित्र बालिका छ भन्ने थाहा हुँदा पूरै जलिसकेको बताइएको छ । आगो निभाउन पानीको स्रोत नभएकाले उद्धार गर्न नपाउँदा बालिकाको जलेर मृत्यु भएको हो । घर जलेपछि अन्न, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । प्रहरी घटनाको मुचुल्कामा झण्डै रु २३ लाख बराबरको क्षति भएको जनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण