राष्ट्रपति महिला उत्थान कार्यक्रममा उत्कृष्ट महिला पुरस्कृत
सोमबार, ०९ साउन २०७४, ११ : १७
जुम्ला । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित तीनमहिने मोबाइल मर्मत तथा हाते होजियारी तालीममा यहाँका पाँच उत्कृष्ट महिला पुरस्कृत भएका छन् ।
महिला तथा बालबालिका कार्यालय जुम्लाको आयोजनामा आइतबार पाँच उत्कृष्ट महिला पुरस्कृत भएका हुन् ।
पुरस्कृत हुने महिलामा मोबाइल मर्मतमा उत्कृष्टता देखाउने अष्टा भण्डारी र राज्यदेवी बुढा तथा हाते होजियारीमा राम्रो सीप प्रदर्शन गर्ने नीमा पुटिन लामा, सरिता भारती र रीता रोकाया रहेका छन् । उत्कृष्ट हुने पाँचै जनालाई निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जनही रु तीन/तीन हजार नगद र प्रमाणपत्र प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण