शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश योजना आयोगमा डा.रेग्मी नियुक्त

मङ्गलबार, ०४ मङ्सिर २०७५, १३ : ३१
मङ्गलबार, ०४ मङ्सिर २०७५

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्राडा पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । 

मन्त्रिपरिषद्को आज बसेको बैठकले उपाध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डा.दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठनको स्वीकृति दिएको थियो । मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश योजना आयोगमा प्रदेश सरकारका प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ । 

रामपुर कृषि क्याम्पसका प्राध्यापक रेग्मीले कृषि विज्ञानमा विद्यावारिधि गरेका छन् । दैलेखनारायण नगरपालिका– ३ निवासी रेग्मीले यसअघि युवा स्वरोजगार कोषको उपाध्यक्ष र तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका आर्थिक सल्लाहकारक रूपमा काम गरिसकेका छन् । 

हुम्ला सर्केगाड गाउँपालिका निवासी डा.रोकायले राजनीति शास्त्रमा विद्यावारिधि हासिल गरेका छन् । उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् । 

त्यस्तै, दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका निवासी अर्का सदस्य शाहीले राष्ट्रिय युवा नीति कार्यदलको संयोजक र विश्व युवा परिषद्को उपाध्यक्ष भएर काम गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप