कविता : कुशासन छ आजको नेपालमा
तोयनाथ भट्टराई
ए साथी काठमाडौं जाऊँ न
सिंहदरबार हेरेर आऊँ न
पैसा सकी गाडीको भाडामा
के पाइन्छ त्यो सिंहदरबारमा ?
तलतिरको मास्टरलाई थिचेसी
मास्तिरको मास्टरलाई किनेसी
सप्रन्छन् मूलाझैँ जिम्मावाल
भ्रष्टाचारको हुँदैन अनिकाल ।
मन्त्रीहरू हसुर्दा रैछन्
घुसको रोटी, डलरको दाउन
मरी मेट्या त्यसैले रैछन्
चुनावको टिकट समाउन ।
सभाको विघटन भए नि
सभामुख अवकास नहुनी
मालिकलाई पारेसी खुशी
रटट भटट पारेर ।
सालेसको प्रतिवेदन टोकरीमा फाली
डलर तान्छन् भित्रभित्रै संसद अधिकारी ।
ट्रान्सपरेन्सी छुट्याउन दाइ,
विदेश खाता लालपुर्जा हेरेर ।
के गर्छन् जागिरे दाइ
रकम जोड्छन् बढुवा हुनलाई
के जोड्छिन् सभासद बैनी
रातो पासपोर्ट मजदुरलाई राहदानी ।
निजामती सेवाको के छ हाल ?
कसरी सुध्रिन्छ यो नेपाल ?
नथुकौँ निस्कन्छ फो’री र्याल
थुकौँ त आफैंले खा’को थाल ।
कुलशेखर यदुनाथ खनाल
डुब्याछन् आँसुको आहालमा
भत्कियो जगैको पर्खाल
कुशासन छ आजको नेपालमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण