बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

गजल : पागल भएँ कि ?

शनिबार, ०८ मङ्सिर २०७५, १२ : १२
शनिबार, ०८ मङ्सिर २०७५

सूर्यप्रसाद खनाल

धकधक मुटु कहरायो मेरो, अहो पागल भएँ कि ?
अनायसै आत्म चहर्यायो मेरो, अहो पागल भएँ कि ?

स्वार्थी दुनियाँदेखि खिन्न हुँदा,
छट्पटीमा हृदय हरहरायो मेरो, अहो पागल भएँ कि ?

निष्ठुर मान्छेको पापी मन हुँदा,
तड्पाइमा मन बरबरायो मेरो, अहो पागल भएँ कि ?

यात्रा सोचे स्वार्थी सँगै हुँदा,
बीचमै पाइला लरबरायो मेरो, अहो पागल भएँ कि ?

मृत प्रेमको सपना देखे जागै हुँदा,
आगोले खरानीको घरगरायो मेरो, अहो पागल भएँ कि ? 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप