गजल : मलाई दुनिया हेर्नुु छैन
शनिबार, ०८ मङ्सिर २०७५, १२ : १७
पत्रिका थापा
भर्खर नदीमा डुबेको मान्छे उत्रिएको छ
जसमा मुर्दाको अनुभव समेटिएको छ
सिमेन्ट जस्तो तिम्रो एक याद पनि
मेरो बालुवाको छातीमा टाँसिएको छ
मृत्युपश्चात पनि जिउन मुस्किल हँुदोरहेछ
सबै सबै छोडेर गएको लास तड्पिएको छ
मलाई दुनिया हेर्नुु छैन मेरो दुनियाँ यही हो
मेरी आमाको तस्बिर भित्तामा झुन्डिएको छ
पानी पिउनु र मदिरा पिउनुमा सन्तुष्टि देखेन
एक अबोधले अनुभवका लागि जहर पिएको छ
नाङ्गेऊ देशको नक्सा तपाईं छोप्पिनुहुन्छ भने
यो चोकमा एक शालिक पनि त नाङ्गिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण