शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनता बैंक र नेपाल नेत्रज्योती संघबीच संझौता

बुधबार, १२ मङ्सिर २०७५, १४ : ४६
बुधबार, १२ मङ्सिर २०७५

काठमाडौं–संस्थागत सामाजिक उत्तरदायित्वमा स्वास्थ्यलाई प्राथमिकतामा राखेको जनता बैंक र नेपाल नेत्रज्योति सँघबीच संझौता सम्पन्न भएको छ ।

जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. तिर्थप्रसाद मिश्रले संझौता पत्र आदान प्रदान गरे । संझौता अनुसार यस आर्थिक बर्षमा देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर संचालन गरिने छ ।

शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने विरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिने बैंकले जनाएको छ । यस बर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेको छ ।

स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धि बिरामीको परिक्षण गर्नुको साथै आङखस्ने समस्या भएका महिलाहरुको निःशुल्क अपरेशनको समेत व्यवस्था मिलाएको छ ।

गत आर्थिक बर्षमा सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची र जुम्लामा गरिएको स्वास्थ्य शिविरमा ८२ जनाको मोतिबिन्दुको निःशुल्क अपरेशन, ७ जना महिलाहरुको पाठेघरको निःशुल्क अपरेशन गरिएको थियो भने करिव ४००० जनताहरुको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधि वितरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप