नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालका श्रमिकको जीवनस्तर उकास्न जापान अन्तरराष्ट्रिय श्रम सङ्गठनको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस र जापान अन्तरराष्ट्रिय श्रम सङ्गठन (जिलाफ) को सहकार्यको ३० औँ वर्षको अवसरमा आज आयोजित कार्यक्रममा उनले जापानले नेपाली श्रमिकको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
‘बजारको मागअनुसार सीपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने, रोजगारका लागि मुख्य विषय सीपयुक्त श्रमशक्ति नै हो’, उनले भने । श्रम क्षेत्रमा देखिएको समस्या एकअर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने उनको भनाइ थियो ।
सरकार, ट्रेड युनियन र निजी क्षेत्र मिलेर सामाजिक सुरक्षा होस् वा न्यूनतम ज्यालालगायत विषयमा सहमतिका साथ अगाडि बढ्नुपर्ने उनले बताए । श्रममन्त्री भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागू हुने कार्यक्रम अगाडि सारिएकाले त्यसका लागि आवश्यक ऐन, कानुन संशोधन हुने बताए ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, महासचिव अजयकुमार राईलगायतले नेपालका श्रमिकको जीवनस्तर उकास्न जिलाफले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । जिलाफले नेपालका विभिन्न जिल्लामा श्रमिकका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण