दैलेख जीप दुर्घटना : ५ जनाको मृत्यु
दुल्लु– दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् ।
आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजिक दुर्घटनामा पर्दा तीन जनाको घटना थलमै मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु हुनेमा ठाटीकाँध – १ का ३० वर्षीया निर्मल बम, वडा नं २ का सवारी चालक रमेश शाही तथा वडा नं ३ का ४७ वर्षीय राजेन्द्रबहादुर शाही छन् । मृतक राजेन्द्र नेपाली काङ्ग्रेसका वडा सभापतिसमेत हुन् ।
अन्य दुईको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटामा मृत्यु भएको ठाटीकाँध प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक तिलक शाहले जानकारी दिए । उनका अनुसार बीच बाटाम मृत्यु हुनेमा ठाटीकाँध – ३ का रत्ना शाही र ठाटीकाँध १ का २८ वर्षीय समशेर बम छन् । गम्भीर घाइते ३० वर्षीया युद्ध सूची, ठाटीकाँध– ४ का दिलीप शाही र २८ वर्षीय मनीष रासकोटीलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।
जीप करिब ३०० मिटर तल खसेको प्रहरी सहायक निरीक्षक शाहले जानकारी दिए । उनका अनुसार जीप दुर्घटनाको मुख्य कारण खुल्न नसके पनि उकालो सडकमा जीप अगाडि वढ्न नसकेर पछाडितर्फ गुडेका कारण दुर्घटना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण