राज्यले शिक्षाको मार्गचित्र स्पष्ट गर्नुपर्छ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले शिक्षाको मार्गचित्र स्पष्ट गर्नुपर्ने बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा आज यहाँ आयोजित ‘सुझाव सङ्कलन कार्यशालामा’ उनले सबै कुराको सूक्ष्म अध्ययन गरेर नीति बनाउन र त्यसलाई योजनामा ढालेर कार्यान्वयन प्रक्रियामा जोड दिनेतर्फ केन्द्रित हुन आयोगलाई सुझाव दिए ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका लागि नयाँ पाठ्यक्रम आवश्यक छ भन्दै त्यहीअनुसार निर्माण गरेर अघि बढ्ने सोच प्रदेश सरकारले बनाएको बताए ।
सामाजिक विकासमन्त्री दल रावलले तीनै तहका सरकारलाई सम्बोधन हुन र गरीबमुखी शिक्षा नीति अख्तियार हुनुपर्ने आवश्यकता औँल्याए ।
आयोगका सदस्य श्यामकुमार श्रेष्ठले सातवटै प्रदेशबाट प्राप्त हुने प्रतिवेदनका आधारमा गुणस्तरीय शिक्षामा सबैको पहुँच बढाउने नीति ल्याएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण