कर्णाली प्रदेशको राजपत्र प्रदेशबाटै प्रकाशन गर्ने
–शुरबहादुर सिंह/दीपेन्द्र शर्मा
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशको राजपत्र प्रदेशबाटै प्रकाशन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले विभिन्न कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।
प्रवक्ता केसीका अनुसार बैठकले कर्णाली उज्यालो र एकीकृत बस्ती विकास कार्यक्रम कार्यविधि, २०७५, हुम्लाको हिल्सामा एकीकृत भवन निर्माण कार्यविधि, २०७५, द्वन्द्वपीडित राहत वितरण कार्यविधि, २०७५ र कर्णाली प्रदेश योजना आयोग सञ्चालनसम्बन्धी प्रशासकीय कार्यविधि, २०७५ स्वीकृत गरेको हो ।
त्यसैगरी बैठकले कर्णाली प्रदेश सार्वजनिक खरीदसम्बन्धी निर्देशिका, २०७५ स्वीकृत र कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका, २०७५ संशोधन गरिएको पनि उनले बताइन् ।
नेपाल सरकार समपूरक अनुदान र विशेष अनुदानका लागि योजना छनोटगरी सङ्घीय सरकारलाई पठाउने निर्णयसमेत बैठकले गरेको मन्त्री केसीले जानकारी दिनुभयो ।
बैठकले कर्णाली प्रदेश भूमि समस्या तथा व्यवस्थापन सुझाव समिति गठनादेश, २०७५ स्वीकृत गरिएको पनि उनले बताइन् । प्रदेश सरकारका लागि आवश्यकपर्ने पूर्वाधार निर्माण गर्न प्रदेशको राजधानीमा भएको सरकारी जग्गा तथा भवनलगायत सम्पूर्ण संरचना प्रदेश सरकारलाई हस्तान्तरणका निम्ति नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको मन्त्री केसीले जानकारी दिइन् ।
उच्चस्तरीय कार्यदल गठन
कर्णाली प्रदेश सरकारका लागि आवश्यक जग्गाप्राप्ति तथा भवन व्यवस्थापनसम्बन्धी आठ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञराज बोहोराको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून उपसचिव, सुर्खेत जिल्लाका जिल्ला समन्वय अधिकारी, डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव सदस्य रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण