कर्णालीको अवस्था परिक्षण गरिदिन मुख्यमन्त्री शाहीको आग्रह
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको वास्तविक अवस्था परीक्षण गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजना गरिएको ७०औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा पेरिस सिद्धान्तको २५औँ वार्षिकोत्सव कार्यक्रममा उनले सो परीक्षण गरिए समस्या समाधानको खोजी आफैँ हुने बताए ।
गोष्ठीमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले पैसा भएर पनि भिखारी झैँ माग्नुपर्ने बाध्यताबाट मुक्त गर्न राज्य लाग्नुपर्ने बताए ।
आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले कर्णालीका साझा अधिकारलाई ध्यानमा राखेर कानून निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिए ।
मानव अधिकार उल्लङ्घनकर्ताको सूची तयार बनिसकेकाले केही समयपछि सार्वजनिक गरिने उनको भनाइ थियो ।
कार्यक्रममा अधिवक्ता मोहनलाल आचार्यले मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र संसद्को भूमिकासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए ।
किर्डाक नेपालका गोविन्द शाहीले कर्णाली प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्थाबारे जानकारी गराएका थिए ।
कर्णालीको मानव अधिकारसम्बन्धी प्रस्तुत कार्यपत्रमाथि मानव अधिकारकर्मी गणेश विकले टिप्पणी गर्दै सकारात्मक विभेद आवश्यक रहेको औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण