रुकुममा गत आवमा ९५ प्रतिशत रकम खर्च
रुकुम । जिल्ला समन्वय समिति, रुकुमले गत आव २०७३÷०७४ मा ९५ प्रतिशत रकम खर्च गरेको बताएको छ । समन्वय समितिमा प्राप्त भएको जम्मा रु ८४ करोड ४२ लाख ९९ हजार मध्ये रु ८० करोड ७९ लाख ६१ हजार खर्च गर्न सफल भएको जिससले बताएको छ ।
जिल्लामा भौतिक प्रगति पनि ९५ प्रतिशत नै भएको स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । गत आवमा समन्वय समितिमार्फत काम हुन नसकेर रु तीन करोड ६३ लाख ३७ हजार फिर्ता गएको उनले बताए जसमा पूँजीगततर्फको रु दुई करोड ५७ लाख ६८ हजार र चालुतर्फको रु एक करोड पाँच लाख ६८ हजार फिर्ता गएको बताएको छ ।
जिल्लामा सञ्चालन हुने निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चलानमा निकै समस्या हुने उहाँको भनाइ छ । राजनीतिक दलको भागबण्डाका आधारमा योजना छनोट हुने भएकाले त्यसलाई कार्यान्वयन गर्नका लागि चुनौती रहेकाले सबैभन्दा बढी निर्वाचन क्षेत्र विकास कै रकम फ्रिज भएको स्थानीय विकास अधिकारी रानाको भनाइ छ ।
जिल्लामा आएको रकमलाई कार्यान्वयन गरेर विकास निर्माणको कामलाई पूरा गर्नुपर्ने जिम्मेवारी सबैको भएकाले आगामी दिनमा यहाँको विकासका लागि सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरे । विकास निर्माणको कार्यलाई पूरा गर्न एउटा निकाय वा व्यक्ति कसैले पनि गर्न नसक्ने भएकाले सबैको एकता आवश्यक पर्ने उनको भनाइ थियो ।
गत आवमा यहाँ सबैभन्दा बढी रकम सडक निर्माणमा खर्च भएको बताइएको छ । जिल्लामा सञ्चालन भएका ठूला आठ सडक आयोजनाको काम अपेक्षा अनुसारको हुन नसकेको कारण पनि बढी रकम फ्रिज भएको जिल्ला समन्वय समितिको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण