कविता : संयोग
विपना ढुङ्गाना
विदेशबाट घर फर्कियो छोरा
सपनाका माला उनेर
फर्किएको वर्षदिन नभई
मर्दियो छोरो,पासो बुनेर।
बाबुआमाको मन छोराछोरीमाथि
छोराछोरीको मन ढुङ्गामुडामाथि
आखिर सत्य भैदियो त्यो भनाइ
आँशु पुछ्दै भन्दै थिइन् आमा
तिम्रो हसिलो तस्बिरमा हार चढाई।
सङ्क्रान्तिको अघिल्लो रात
हे दैव !
किन पारिदियौ त्यति ठूलो बज्रपात
कसरी बयान गरूँ त्यो क्षण,
झ्यालबाट देख्छन् बुबा
छोरो झुन्डिएको लास।
देख्नासाथ बेहोस भए बुबा,
अनि रुन नसकेर घत्रक्क
भुइँमा लडिन् आमा
सायद यात्रा नै थोरै
लेखिदिएछ भावीले
त्यो अभागी निधारमा
भन्छिन् आमा
खत्रक्क मुटु फुट्यो
उनिँदै गरेको सपना टुट्यो,
छोरा ! तिम्रो पलभरको गलत निर्णयले
आज तिम्रै परिवारको खुशी लुट्यो ।
भन्छन् बुबा,
‘अब मलाई बाच्ने रहर छैन
छोरा ! तिमी र तिम्रो साथबिना
हाम्रो कुनै सहर छैन।
म्याङ्लुङ, तेह्रथुम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठ भत्किँदा मृत्यु
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण