कविता : धरहराको सम्झना
ध्रुव गजुरेल
२०७२ वैशाख १२ सम्झन मनै छैन मलाई
विनाशकारी भूकम्पले हजारौँ नेपालीहरू मर्दा
दुःखी बनाएको थियो धरहरा ढलेर मलाई
जस्तो हुनेछ शिर ढलेर भूमिमा झर्दा ।
उद्धार र राहतमा जुटेर हिँड्दामा पनि
नेपालीपन देखेर गौरव लाग्यो मलाई
संविधान घोषणा, नाकाबन्दीको बेलामा पनि
स्वाभिमान नझुकेकोमा गर्भ लाग्यो मलाई
मेरो धरहरा मै बनाउँछु जपिरहेका छन्
देश र विदेशमा रहेका नेपालीहरूले पनि
धरहरा बनाउँन भन्दै दान गरिरहेका छन्
अरबको भूमिमा पसिना बगाएर पनि ।
केही शान्ति पक्का मिल्छ भूकम्पमा परेकालाई
बाइस तले धरहराको शिरबाट हेरेपछि
सोध्नुपर्छ कति दुःख्छ बन्चरोले काटेकालाई
पक्कै पनि निको हुन्छ मलमपट्टी टाँसेपछि ।
आजको दिन इतिहासमा सम्झनेछन् सबले
पहिलो इँटा राख्नुभयो प्रधानमन्त्रीज्यूले
बाँकी इँटा राख्न हामी जुटेका छौँ सबै
चाँडै बनोस् हाम्रो धरहरा गर्भ गरून् सबै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण