बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

श्रृष्टीको ग्याङ्स्टारसँग अबला आइटम

बिहीबार, १२ साउन २०७४, १७ : ३१
बिहीबार, १२ साउन २०७४

काठमाडौं – पछिल्लो समय निर्माण भएका प्रायः सबै चलचित्रमा आइटम गीत राखिने गरिएको छ । 
आइटम गीतका कारणले चलचित्रको चर्चा र हाइट दुबै बढ्ने भएकोले पनि गीत राख्ने चलन बढ्दै गएको हो । 
यस्तै २ भदौ प्रदर्शन मिति तोकेको चलचित्र ‘ग्याङस्टार ब्लूज’मा पनि एक आइटम गीत राखिएको छ । कालिप्रसाद बास्कोटा र बानिका प्रधानको स्वर रहेको ‘अबला’ बोलको आइटम गीतमा कालिप्रसादकै संगीत, कालिप्रसाद, एकतारे र मानसको शब्द रहेको छ । 
यो गीतमा आइटम नृत्य भने श्रृष्टी कार्कीले गरेकी छन् । श्रृष्टी यो गीतबाट आइटम गर्लको रुपमा चलचित्र उद्योगमा भित्रिन लागेकी हुन् । 
ग्याङस्टारहरुको कथामा बनेको यो चलचित्रमा आशिरमान देशराज, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 
भदौ २ गतेबाट रिलिज हुन लागेको यो चलचित्र सरोज न्यौपानेले निर्माण गरेका हुन् । चलचित्र हेमराज वीसीको निर्देशनमा तयार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप