मुख्यमन्त्री शाहीको घोषणाः अग्निपीडितका घर प्रदेश सकारले बनाइदिने
कालीकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको, पलाता गाउँपालिका खाडागाउँका अग्निपीडितको घर प्रदेश सरकारले बनाइदिने घोषणा गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कालिकोटको पार्टी कार्यालय उद्घाटन गर्न कालिकोट पुगेका मन्त्री शाहीले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यस्तो बताएका हुन् ।
मुख्यमन्त्री शाहिले पीडितको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका साथै प्रति घरपरिवार रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय प्रदेश सरकारले गरेको जानकारी दिए ।
पलाताका धेरैजसो घरहरु खरले छाएको हुनाले फेरि पनि यस्ता खालका विपत् आइलाग्ने हुँदा खरले छाएका जति घरहरु छन्, सबै घर परिवारलाई कर्कटपाता वितरण गर्ने उनको भनाइ छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आगलागीबाट मानवीय क्षति नभएपनि वासस्थान नष्ट हुँदा चिसो मौसममा बालबालिका वृद्धवृद्धा र महिला बढी प्रभावित भएको बताए ।
क्षतिको अनुमान गर्दा रु तीन करोड, छ लाख ३३ हजारसम्म क्षतिको अनुमान गरिएको पनि प्रमुख जिल्ला अधिकारी कार्कीको भनाइ छ । राष्ट्रियसभा सदस्य जीवन बुढाले, विपत् व्यवस्थापनको पूर्वतयारी, उपयुक्त संरचना तथा साधन स्रोतको राहत, वितरणमा एकद्वार प्रणालीमार्फत वितरण गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण