बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

राजधानीमा ‘राष्ट्रिय खुला मादल बादल प्रतियोगिता’

बिहीबार, १२ साउन २०७४, १७ : ४३
बिहीबार, १२ साउन २०७४

काठमाडौं – ओझेलमा पर्दै गएको लोकबाजा मादलको संरक्षण र प्रवर्धनका लागि सम्बन्धित विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । ‘लोकसंस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ नाराका साथ बिहिबार काठमाडौंमा आयोजित मादल कार्यशाला गोष्ठीमा यस्तो चिन्ता गरिएको हो ।


लोक श्रष्टा तथा साधक कल्याण शेरचनको ७१ औं जन्म जयन्तीको अवसरमा सांस्कृतिक र कल्याण शेरचन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा जमल स्थित सांस्कृतिक संस्थानमा आयोजित नेपाली संगीतमा मादलको ताल र बोलको प्रयोग’ विषयक कार्यशाला गोष्ठीमा मादलको महत्व, नेपाली संगीतमा यसको प्रयोग र मादलको सँरक्षण बारे धेरैले बिचार राखे । मादलको प्रयोग घट्दै गएको धेरैको् चिन्ता पाइयो ।


कार्यक्रममा संगीतार एवं गायक प्रदीप बोम्जनले ‘नेपाली संगीतमा मादलको ताल र बोलको प्रयोग’ बिषयमा कार्यपत्र प्रस्तुत गरे ।

‘राष्ट्रिय खुला मादल बादन प्रतियोगिता’
बिहिबारबाट राजधानीमा ‘राष्ट्रिय खुला मादल बादन प्रतियोगिता’ सुरु भएको छ । प्रतियोगितामा मुलुक भरका २२ टिम सहभागी छन् । उनीहरुले प्रतियोगितामा मादल बादन, गायनसँगै नृत्य पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको सांस्कृतिक संस्थानले जनाएको छ । 

– कार्यक्रममा संगीतकार तथा संगीत विशेष समितिका अध्यक्ष दिपक जंगमले नेपाली वाद्यको लोकप्रिय बाजा तथा राष्ट्रिय सिम्बोलको रुपमा अन्तराष्ट्रियस्तरमा समेत लोकप्रिय भईसकेको मादलको बारेमा अझै पनि धेरै कन्फ्यूजन रहेको बताउदै यसको उथानमा लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए ।
– सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले स्व.गायक शेरचनको मादल सम्बन्धि गोष्ठी र राष्ट्रिय मादल बादन प्रतियोगिता गर्ने सपना जिवित हुँदा पुरा नभएकाले उहाँको ७१ औं जन्मजयन्तीमा यो कार्यक्रम आयोजना गरिएको बताए ।
– प्रदीपले गनु मादलको उत्पत्ति, यसको तालहरुमा प्रयोग, विश्व तथा दक्षिण एशिया क्षेत्रमा मादलको अभ्यास र प्रयोग, मादलको बर्तमान अबस्था र भविष्यबारे जानकारी गराए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप