सन् १०१८ मा युएईमा १०७ नेपालीको मृत्यु
युएई –सन् २०१८ मा वैदेशिक रोजगारीको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई) आएका १०७ जना नेपालीको मृत्यु भएको छ। गत वर्षको तुलनामा यो बर्ष धेरै नेपालीले ज्यान गुमाएका हुन्।
नेपाली दुताबास युएईले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षमा ९ महिला ९८ पुरूष गरि १०७ जनाको मृत्यु भएको जनाएको छ।
जसमध्ये प्राकृतिक कारण अन्तरगत ह्दयघात, मष्तिस्क पक्षघात तथा मदिरापानले तीन महिला सहित ४४ पुरूषको मृत्यु भएको छ। यस्तै तीन महिला र तीस पुरूषले आत्महत्या गरेको जनाईएको छ भने २ महिला र २१ पुरूषको दुर्घटनाबाट मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ।
कानुनी प्रकृया पुरा भइ नसकेकाले सूर्य विक, अमृत बहादुर कार्की, सृजना बराल र अशोक बरालको शब बाहेक अन्य १०३ शब नेपाल पठाइसकेको दुताबासले जनाएको छ।
अघिल्लो वर्षको अनुपातमा यो वर्ष आत्महत्या लगायत अन्य प्रकारको मृत्युदर बढेको दूताबासका द्धितिय सचिव बिष्णु अधिकारीले बताइन्।
सन् २०१७ मा युएईमा ८४ जना नेपालीले ज्यान गुमाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण