सरकार माफिया, दलाल र विचौलियाको चङगुलमा फस्यो: पौडेल
जाजरकोट– काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले ओली नेतृत्वको सरकार माफिया, दलाल र विचौलियाको चङगुलमा फसेको आरोप लगाएका छन् । नेविसंघ जाजरकोटको १० औं अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै नेता पौडेलले सरकारले माफिया, दलाल तथा विचौलियालाई मात्रै पोस्ने काम गरिरहेको दाबी गरे ।
‘निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नसकेर सरकारले आफ्नो लाचारी प्रमाणित गरेको छ, घटनाक्रमले पन्तका हत्याराले सरकारनै हल्लाउन सक्ने सङ्केत दिएकाले वास्तविक हत्यारा पत्ता लाग्ने सम्भावना पनि कम छ’ नेता पौडेलले भने ।
निर्मला प्रकरणमा चरम यातना दिएर निर्दोषलाई फसाउने काम भएको भन्दै लोकतान्त्रिक राज्यमा यो भन्दा घृणित काम अरु हुन सक्ने पौडेलले बताए । निर्मलाको हत्यारा पत्ता लागिसक्यो भन्दै हिँड्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलले तत्काल नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गर्दै पौडेलले कम्युनिष्टले आफ्नोमात्र स्वार्थ हेर्ने भएकाले जनतालाई वास्तविक अधिकारसम्पन्न बनाउन काँग्रेसको विकल्प नभएको बताए ।
सरकारको लाचारी तथा निरिहताका कारण यो व्यवस्था नै गुम्ने खतरा उत्पन्न भएको भन्दै उनले अब आमजनता नै सरकारका गलत काम कार्वाहीको पर्दाफास गर्न मैदानमा उत्रुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण