ओपोको एफ९ जेड ग्रिन लिमिटेड एडिशन बजारमा आउँदै
काठमाडौं– ओपोले नयाँ बर्षको अवसर पारेर एफ९ को जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ ।
मिति तय नभएपनि ओपो एफ९ जेड ग्रिन यही जनवरी महिना भित्र नेपाली बजारमा उपलब्ध गराउने ओपोले जनाएको छ । विभिन्न ग्राडियन्ट रंगमा सार्वजनिक गरिएका ओपो एफ९ आफ्नो आकर्षक रंग र डिजाइनका कारण नेपाली उपभोक्ता माझ निकै लोकप्रिय छन् ।
कम्पनीले विशेष आफ्ना उपभोक्ताका लागि ओपो एफ९लाई जेड ग्रिन रंगमा सार्वजनिक गर्ने योजना बनाएको हो । हरियो, सेतो र सुनौलो रंगको सम्मिश्रण सहित सार्वजनिकको तयारीमा रहेको जेड ग्रिन वास्तवमै निकै आकर्षक छ । तर, एफ९का अघिल्ला संस्करणमा झै यसमा भने फोनको पछिल्तिर डायमण्ड प्याटर्नको प्रयोग नगरिएको झैँ देखिएको छ ।
फोनको अघिल्तिर डिस्प्लेको माथिल्लो भागमा ओपोको सिग्नेचर वाटरड्रप (पानीको थोपा) झैँ देखिने नोचको ब्यवस्था गरिएको छ । एफ९मा ९०.८ प्रतिशत डिस्प्ले ओगट्ने गरी यस श्रेणीको फोन मध्यकै उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ ।
फोनको प्यानललाई कोर्निङ गोरिल्ला ग्लास ६ मार्फत सुरक्षा दिइएको छ । कम्पनीको दावी अनुसार गोरिल्ला ग्लास ५का तुलनामा ६ले दोब्बर सुरक्षा प्रदान गर्ने क्षमता राख्छ । फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्र्रेर तथा बोके शट्सका लागि १६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको ब्यवस्था गरिएका छन् ।
ओपो एफनाइनमा कम्पनीले प्रोशेसरका रुपमा ४ जीबी ¥याम र ६४ जीबी रोमका साथमा मिडियाटेक हिलियो पी६० उपलब्ध गरिएको छ । फोनको निरन्तर प्रयोगमा सघाउने सोचका साथ कम्पनीले यसमा भोक फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरेको छ ।
यसले मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम दिने क्षमता राख्छ । ओपोले एफ९ जेड ग्रिन लिमिटेड एडिसनको मूल्य भने तोकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकी पत्नी र छोराबारे इरानी सञ्चारमाध्यमद्वारा विवादास्पद भिडियो सार्वजनिक
-
सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध
-
एमालेसँग भएको तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद छैन : प्रवक्ता ज्वाला
-
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’, नमस्ते क्रेडिट सीमा पनि बढ्यो
-
नागढुङ्गा सुरुङमार्गबारे पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया, ‘मेरो पहिलो निर्णय यथार्थमा परिणत भयो’
-
समयमै परीक्षण गरौँ, हेपाटाइटिसबाट बचौँ : प्रा.डा. दिलीप शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण