सार्वजनिक स्थानमा गालीगलौज र सास्ती दिने तीन जना पक्राउ
सारांश
- सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले काठमाडौँको टेकुबाट पक्राउ गरेको छ।
- प्रहरीले सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो, जसले महिलाहरूलाई गालीगलौज र धाकधम्की दिई आवतजावतमा बाधा पुर्याएका थिए।
- पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।
काठमाडौँ । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
गत साउन ९ गते दिउँसो काठमाडौँ महानगरपालिका-१२ टेकुमा सर्वसाधारण तथा महिलाहरूलाई गालीगलौज र धाकधम्की दिने कार्य भइरहेको सूचना प्रहरीले पाएको थियो। आवतजावत र सवारी आवागमनमा समेत बाधा अवरोध पुर्याएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा उनीहरूले प्रहरी कर्मचारीमाथि नै अभद्र व्यवहार गरेका थिए।
पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका-८ घर भई भक्तपुरको चाँगुनारायण-९ बस्ने ४२ वर्षीय आशिष मोक्तान रहेका छन्। यसैगरी काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-६ घर भई काठमाडौँको गोकर्णेश्वर-६ बस्ने ४१ वर्षीय लोकमान मोक्तान र ४४ वर्षीय मोहन सिंह मोक्तान रहेका छन्।
नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण