नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’, नमस्ते क्रेडिट सीमा पनि बढ्यो
सारांश
- नेपाल टेलिकमले 'मनसुन अफर २०८३' सार्वजनिक गरेको छ जसमा प्रिपेड र पोस्टपेड ग्राहकका लागि विभिन्न नयाँ प्याकेजहरू समावेश छन्।
- यस अफरमा पोस्टपेड ग्राहकका लागि ३७३ र ४९९ रुपैयाँका प्याकहरू तथा प्रिपेड ग्राहकका लागि २० जिबी डेटा ९९ देखि १९९ रुपैयाँसम्म उपलब्ध छ।
- नमस्ते क्रेडिट सीमा १५ रुपैयाँबाट बढाएर ३० रुपैयाँ पुर्याइएको छ र ग्राहकले स्टार १४१५ ह्यास डायल गरी वा नेपाल टेलिकमको एप/वेबसाइटमार्फत अफरहरू लिन सक्नेछन्।
काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ।
मंगलबारदेखि लागू भएको यस अफरअन्तर्गत कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा थप सुविधासहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको हो।
कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि ३७३ र ४९९ रुपैयाँका आकर्षक प्याकहरू उपलब्ध गराइएको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २० जिबी डेटा प्याक ९९ रुपैयाँदेखि १९९ रुपैयाँसम्ममा उपलब्ध गराइएको छ।
यसैगरी धेरै डेटा चलाउने प्रिपेड ग्राहकलाई लक्षित गर्दै १ हजार ४९९ रुपैयाँमा ५०० जिबी डेटा र ३५० मिनेट अल-नेट कलको विशेष सुविधा पनि थपिएको छ।
यस पटकको अफरमा टेलिकमले हाल सञ्चालनमा रहेको २० रुपैयाँको ‘नमस्ते क्रेडिट’ (सापटी) सेवालाई परिमार्जन गर्दै ३० रुपैयाँ पुर्याएको छ।
उक्त सापटी रकमबाट ग्राहकले डेटा, भ्वाइस वा एसएमएस प्याकहरू खरिद गर्न सक्नेछन्। साथै नमस्ते रिकरिङ प्याक र कर्पोरेट युजर ग्रुप प्याकहरूलाई समेत थप आकर्षक बनाइएको कम्पनीले जनाएको छ।
यी सुविधाहरू लिनका लागि ग्राहकले आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरेर वा नेपाल टेलिकमको एप तथा वेबसाइटमार्फत जानकारी लिन र प्याकेज खरिद गर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीको दाबीमा ऊर्जामन्त्रीको जवाफ : २० होइन, ऊर्जामा पहिलो सल्लाहकार नियुक्त !
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण