जङ्गलमा आमाछोराको शव फेला
आइतबार, २९ पुस २०७५, ०९ : १५
रुकुम (पूर्व) - सिस्ने गाउँपालिका, ६ की ३० वर्षीया रेनुका केसी शाह र उनकी २० महिनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ ।
उनीहरू पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्केका थिए घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए । दाउरा काट्न जङ्गल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
आमाको घाँटीमा पनि डोरीको दाग रहेकाले डोरी चुँडिएको हुनसक्ने प्रहरीले बताए । प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले आत्महत्या गरेको जस्तो देखिएको छ । थप परीक्षण र अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण