हरिप्रसाद र चन्द्रराजलाई भक्तराज आचार्य संगीत सम्मान
काठमाडौं– रेडियो नेपालका प्रथम गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७४’ बाट सम्मानित भएका छन् । भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरले शुक्रबार राजधानीमा एक कार्यक्रम सहित रिमाल सो पुरस्कार प्रदान गर्यो ।
रिमालले गीत संगीतमा पुर्याएको योगदानको कदर ५० हजार १ रुपैयाँ नगद राशी सहितको यो पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा बरिष्ठ संगीतकार कलाभुषण चन्द्रराज शर्मालाई ‘भक्तराज आचार्य अन्तर्राष्ट्रिय संगीत पुरस्कार २०७४’ अर्पण गरियो । ५० हजार १ रुपिया नगद राशी सहितको यो पुरस्कार उनले सांगीतिक क्षेत्रमा पुर्याएको योगदानका कारणले प्राप्त गरेका छन् ।
दुबै सम्मान भजन शिरोमणि भक्तराज आचार्यले प्रदान गरेका थिए । गीत संगीत क्षेत्रका थुप्रै कलाकर्मीको उपस्थिति रहेको कार्यक्रममा भक्तराजका छोरा गायक स्वरुपराज आचार्यले गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ब्यक्तिहरुको सम्मानका लागि भक्तराज आचार्य संगीत प्रतिष्ठान गठन भएको बताए ।
उनले प्रत्येक वर्ष यसैगरी गीतसंगीतको महारथीलाई प्रतिष्ठानले सम्मान गर्ने योजना बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण