ईन्जा एसिया गठन : अध्यक्षमा टंक पन्त
वाशिंगटन डिसी। अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) को एशिया च्याप्टर पत्रकार टंक पन्तको अध्यक्षतामा गठन भएको छ । ईन्जाको विधानले अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षले क्षेत्रीय समितिको नेतृत्व गर्ने व्यवस्था गरेको छ । पत्रकार पन्त यस अघिनै अन्तराष्ट्रिय समितिमा एशिया क्षेत्रलाई प्रतिनिधित्व गर्दै उपाध्यक्ष थिए ।
नवगठित समितिको उपाध्यक्षमा नारायण न्यौपाने (नेपाल), आनन्द कोइराला (जापान), दीपक पुडासैनी (कतार) र मन्जु गुरुंग (कोरिया) रहेका छन् । समितिको महासचिवमा दीपेन्द्रदोङ तामाङ, सचिवमा दिपु पोख्रेल (खेमकुमारी) र कोषाध्यक्षमा रामकुमार कामत चयन हुनुभएको छ । समितिको सदस्यहरुमा दीपक समिर, विकास थपलिया, अर्जुन सापकोटा, अनिल आचार्य रहेका छन् ।
हाल गठित तदर्थ समिती हो । उपाध्यक्षहरुले आफू कार्यरत देश देशमा ‘ईन्जाका साथी’ (फ्रेन्डस अफ ईन्जा) गठन गर्ने बैधानिक व्यवस्था भए अनुसार आफ्ना देशमा गठन हुने छन् । यसप्रकार सम्वन्धित देशको कानून अनुसार गठन भएका ‘ईन्जाका साथी’ का अध्यक्षहरु त्यस क्षेत्रको सम्वन्धित ईन्जाको क्षेत्रीय समितीको सदस्य हुने प्रावधान राखिएको छ। साथै अध्यक्षले क्षेत्रीय समितीमा पत्रकारका हक हितमा काम गर्दै आएका संघ सस्थाबाट तीन जना प्रतिनिधि मनोनित गर्न सक्ने प्रावधान समेत रहेको छ ।
महादेशीय वा देशीय ईन्जाहरुले ती देश वा आसपासमा गठन भएका फ्रेण्ड्स अफ ईन्जासँग समन्वय र सहकार्य गरी मर्यादित पत्रकारीताको विकास तथा नेपाली भाषी पत्रकारहरुको हितमा काम गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण