डाक्टरहरु फेरि सडकमा (फोटोफिचर)
समायोजन विधेयकको विरोधमा भएको शान्तिपुर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै सरकारी चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले सोमबार वीर अस्पतालबाट निकालेको विरोध र्याली माइतिघर पुगेको थियो । माइतिघरबाट प्रहरीले अघि बढ्न नदिएपछि स्वास्थ्य मन्त्रालयसम्म पुग्ने उनीहरुको योजना भने विफल भएको थियो ।
आइतबार विरोध र धर्नाका क्रममा प्रहरीले केही चिकित्सकहरुलाई नियन्त्रणमा लिएको थियो ।
स्वास्थ्य सेवाका कर्मचारीलाई अन्य सेवा समूहमा पनि जान सक्ने गरी संघीय निजामती सेवा विधेयक तयार भएकोमा असन्तुष्ट बनेका उनीहरु आन्दोलनरत छन् ।
उनीहरुले समायोजन अध्यादेश गैरकानुनी भएको आरोप लगाएका छन् ।
स्वास्थ्य सेवाका कर्मचारी अन्य सेवा समूहमा पनि जान सक्ने गरी संघीय निजामती सेवा विधेयक तयार पारिएको छ । संसद सचिवालयमा दर्ता भइसकेको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित हुन भने बाँकी नै छ ।

संघीय संसदका दुवै सदनबाट पारित भएपछि विधेयकले ऐनको रुप लिँदै कार्यान्वयनमा जानेछ ।
विधेयकको दफा ४३ मा नेपाल स्वास्थ्य सेवाका कर्मचारीहरुको समूह वा उपसमूह परिवर्तनको व्यवस्था छ । दफा ४३ को उपदफा ३ अनुसार सरकारको खर्चमा स्वास्थ्य सेवाका कुनै कर्मचारीले अध्ययन गरी विशेष योग्यता हासिल गरेमा उसको सेवा समूह सरकारले परिवर्तन गर्नसक्ने उल्लेख छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण