कर्णालीलाई अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र बनाइन्छ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र बनाइने बताएका छन् । ।
प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशद्वारा राजधानी वीरेन्द्रनगरमा आज आयोजित ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र निर्माणका लागि खेल क्षेत्रको सम्भावना खोज्ने बताएका हुन् ।
‘हामी कर्णालीलाई खेलाडीको प्रदेशका नामले चिनाउछौँ,’ उनले भने, ‘यो बहादुर र क्षमता भएका मान्छेको प्रदेश पनि हो ।’
कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलले नेपाली खेलाडीले देशको नाम उँचो राखेको तर्क गरे ।
प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा १० वटा जिल्लाका खेलाडी सहभागी रहेको प्रदेश खेलकूद परिषद्का संयोजक शान्ति सिंहले जानकारी दिए ।
उनका अनुसार प्रदेशस्तरमा भइरहेका २३ खेलका लागि एक हजार २४० खेलाडीले भाग लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण