कलर्सको ‘प्राइड वन ए’ बजारमा, यस्ता छन् विशेषता
काठमाडौं– कलर्स मोबाइलले प्राइड सिरिजको ‘प्राइड वन ए’ सार्वजनिक गरेको छ ।
यो स्मार्टफोन प्रारम्भिक चरणको एन्ड्रोइड फोन हो । उक्त मोबाइल फोनमा पाँच इन्च स्क्रिन, २.५ इन्च कर्भ ग्लास, उच्च टिकाउयुक्त २२०० मेगाहर्ज ब्याट्री, डबल सिम (टुजी–थ्रिजी), ५ एमपी डुअल रिअर र फ्ल्यास सहितको २ एमपी फ्रन्ट क्यामेरा रहेको छ ।
टेलिटकका मार्केटिङ्ग म्यानेजर राज थापाका अनुसार, “नेपालमा प्रारम्भिक बजेटको स्मार्टफोनका लागि ठूलो बजार रहेको छ । त्यसमध्ये प्राइड वन ए एउटा उत्तम विकल्प हो ।”
कम्पनी कलर्सले आफ्ना ग्राहकलाई विशेष सुविधासहित आकर्षक मूल्यमा मोबाइल फोन उपलब्ध गराउने गरेको छ । हाल नेपालमा कलर्स मोबाइलका ३५ लाखभन्दा बढी ग्राहक रहेका छन् ।
यसका विशेषताहरु यस्ता छन् :
–५ इन्च स्क्रिन
–१.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर
–२.५ डी स्क्रिन
–एन्ड्रोइड गो ८.१
–डुअल रिअर क्यामेरा (५ एमपी क्यामेरा + भिजिए + २ एमपी फन्ट फ्ल्यास)
–टुजी र थ्रीजी नेटवर्क सपोर्ट गर्ने
–२२०० मेगाहर्ज ब्याट्री
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले दिएको एम्बुलेन्स वडाध्यक्षले ३ वर्ष ५ महिनासम्म आफूखुसी भाडामा लगाएको खुलासा
-
निर्वाचनमा सुरक्षा निकायले सत्तापक्षको पोषण गर्ने गरेको सांसद राजीव खत्रीको आरोप
-
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थलको प्रत्याभूति दिलाउन माग
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण