स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थलको प्रत्याभूति दिलाउन माग
सारांश
- नेपाल नर्सिङ सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडको घटनाप्रति भर्त्सना गरेको छ।
- सङ्घका अध्यक्ष प्रा. चन्द्रकला शर्माले बिरामीको सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु अत्यन्तै निन्दनीय कार्य भएको उल्लेख गरेकी छन्।
- सङ्घले दोषीहरूलाई कारबाही गरी स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थलको प्रत्याभूति दिलाउन माग गरेको छ।
काठमाडौँ। नेपाल नर्सिङ सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडको घटनाप्रति भर्त्सना गरेको छ।
सङ्घले नारायणी अस्पतालमा चिकित्सक माथि भएको आक्रमणको विरोध गरेको हो। सङ्घका अध्यक्ष प्रा. चन्द्रकला शर्माले सोमबार विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु अत्यन्तै निन्दनीय कार्य भएको उल्लेख गरिएको छ।
सङ्घले घटनामा संलग्न दोषीहरूलाई अविलम्ब पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन, २०७९) ’बमोजिम कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बारम्बार दोहोरिने यस्ता घटनाहरूलाई निरुत्साहित गर्न गृह प्रशासन, स्वास्थ्य मन्त्रालय, सुरक्षा निकाय एवं सम्पूर्ण सरोकारवालाहरूलाई गम्भीर बन्न आग्रह गर्दै सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि सुरक्षित कार्यस्थलको प्रत्याभूति दिलाउन सङ्घले माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडक पुनः दुईतर्फी अवरुद्ध
-
वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण